Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक

फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक

काठमाडौं : फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । कृषा चौलागाईं निर्देशित मल्टिस्टार एक्सन प्रधान फिल्मको टिजर सार्वजनिक भएको हो । टिजरले कथावस्तु र चरित्र चित्रण देखाउने प्रयास गरेको छ ।

टिजरले फिल्म बदलाको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ । टिजरमा फिल्मका कलाकार दिव्यदेव, अनुपविक्रम शाही, सुपुष्पा भट्ट, सुरक्षा पन्त, प्रमोद अग्रहरि, दयाहाङ राई र प्रदीप खड्का देखिएका छन् ।

दयाहाङ प्रहरीको रोलमा छन् भने प्रमोद खलनायक चरित्रमा । प्रदीपको पात्र प्रतिशोध र बदला लिन चाहन्छ ।टिजरको अन्त्यतिर खड्का र मल्लको चरित्रलाई आमनेसामने देखाइएको छ । टिजरमा दिब्या रायमाझी, रविन्द्र झा, गौरव विष्ट समेट अटाएका छन् ।

https://youtu.be/-aLLmuJ_8PU

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij