Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कुनै दललाई फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री

कुनै दललाई फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् । सोमबार नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइएको समेत बताएका हुन्। कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए । कांग्रेसका सभापति शेरबहादुर देउवाबाट अध्यादेशको विरोध भयो भन्ने झुटो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा उनले जोड दिए । यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले पनि भूमिका निर्वाह गर्नुपर्ने उनले सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij