Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रास्वपाका सभापति लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर

रास्वपाका सभापति लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुभएको छ ।काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उहा आज जिल्ला अदालतमा हाजिर हुनुभएको हो । आजै थुनछेकको बहस हुने पनि बताईएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा हुनुभएको थियो । लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएपनि पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उहाँ आज मात्र अदालतमा हाजिर हुनुभएको हो ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij