Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छाड्ने कमल थापाको दाबी

बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छाड्ने कमल थापाको दाबी

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छाड्ने बताएका छन्।

पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले राष्ट्रवादी शक्ति निर्माण गरिछाड्ने बताए।

अध्यक्ष थापाले भने, ‘हामी सबैले चिन्तन, मनन गर्नुपर्छ । एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर छोड्छु।’

उनले राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कुटनैतिक विषयमा मार्गदर्शन अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij