Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पृथ्वी जयन्तीमा राप्रपाको चियापान, प्रधानमन्त्री ओली लगायतका शीर्ष नेता उपस्थित

पृथ्वी जयन्तीमा राप्रपाको चियापान, प्रधानमन्त्री ओली लगायतका शीर्ष नेता उपस्थित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरू उपस्थित छन् ।

पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले गरेको चियापानमा शीर्ष नेताहरू उपस्थित भएका हुन् ।

चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखक उपस्थित भएका छन् ।

त्यस्तै, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदहरु रामहरि खतिवडा र अमरेश सिंहको सहभागीता रहेको छ।

यस्तै, समारोहमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, कलाकार दिपकराज गिरी पनि सहभागी छन् ।

समारोहअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले यो कार्यक्रम राखेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij