काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिन खोज्नेलाई शत्रु ठानेर पत्तासाफ गर्ने गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एकत आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्ने टिप्पणी गरे।
अध्यक्ष नेपालले ओलीले आफूलाई ज्ञानको भण्डार ठान्ने गरेको जिकिर गरे। प्रधानमन्त्री ओलीको अहंकारले एमालेभित्र समस्या खडा भएको अध्यक्ष नेपालको भनाई छ ।
उनले अहिले आफूहरु ओलीलाई चुनौती दिनसक्ने ठाउँमा रहेको भन्दै पार्टी निर्माणमा लाग्न आग्रह गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij