Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ : लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।

पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । यसअघि पुस १९ गते मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij