काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न २० विभागमा सचिव मनोनयन गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सचिव मनोनीत गरेका हुन् ।
जसअन्तर्गत प्रदेश समन्वय विभाग डा.रघु काफ्ले (तनहुँ), महिला विभागमा कविता इटनी (धादिङ), सूचना, सञ्चार तथा प्रचार विभाग गोपाल झा (महोत्तरी) लाई मनोनीत गरेका हुन । त्यसैगरी वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग ई.समीक्षा चौधरी (कैलाली), उद्योग तथा व्यापार विभाग ध्रुव खड्का (काठमाडौँ), सहकारी विभागमा चन्द्रप्रसाद ढकाल (नवपरासी व.सु.पश्चिम), पेशागत तथा बुद्धिजीवी विभागमा विजय तुम्बाहाम्फे (तेह्रथुम) लाई मनोनयन गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij