Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पोखराबाट गाडीमै काठमाडौं आउँदै रवि, आइतबार मात्रै अदालतमा उपस्थित हुने

पोखराबाट गाडीमै काठमाडौं आउँदै रवि, आइतबार मात्रै अदालतमा उपस्थित हुने

काठमाडौं : धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराबाट गाडीमा काठमाडौं आउन लागेका छन्।

हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले रवि स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् ।

गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो ।

कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आदेशलगत्तै उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए ।

सुरुमा लामिछानेको सचिवालयले उनी आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने तयारी रहेको जनाए पनि गाडीमा आउनुपर्ने भएपछि अब आइतबार मात्र अदालतमा हाजिर हुने भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij