काठमाडौं : निजामती कर्मचारी संघसंगठनका नेताहरूले ट्रेड युनियनको अधिकार खुम्च्याउने बहस धेरै नगर्न सांसदहरूलाई चेतावनी दिएका छन्।
संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा राय प्रस्तुत गर्दै कर्मचारी नेताहरूले यस्तो चेतावनी दिएका हुन्।
एमालेनिकट निजामती कर्मचारीहरूको छाता संगठन निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियनलाई व्यवस्थित बनाउन बहस आवश्यक रहेको तर ट्रेड युनियन खारेजीको बहस धेरै नगर्न आग्रह गरे।
त्यस्तै, कांग्रेसनिकट निजामती कर्मचारीहरूको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले ट्रेड युनियन अधिकारलाई एक इन्च पनि तलमाथि गर्न नसकिने बताए।
गलत गरेकालाई कारबाही हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको उल्लेख गर्दै उनले यसलाई देखाएर ट्रेड युनियन अधिकारबारे बहस नगर्न उनीहरुले आग्रह गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij