Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पल शाहको ‘मायालाई पानको पात’ ले युट्युबमा पायो एक करोड भ्युज

पल शाहको ‘मायालाई पानको पात’ ले युट्युबमा पायो एक करोड भ्युज

काठमाडौं : अभिनेता पल शाहले निर्माण गरेको गीत ‘मायालाई पानको पात’ले युट्युबमा २५ दिनमा एक करोड भ्युज पाएको छ ।

मायालाई पानको पात बोलको गीत पल अभिनित पछिल्लो चर्चित गीत हो। यस गीतले २५ दिनभित्रै एक करोड भ्युज प्राप्त गरेको छ।

उक्त गीत मत ढले ढले गीतका लेखक नेत्र अर्यालको शब्द रचनामा तयार भएको हो । गीतलाई खेम सेन्चुरी र दीपीका वयामु मगरले गाएका छन् ।

विक्रम चौहानको निर्देशनमा तयार गीतको भिडियोमा पल शाहका साथमा मोडल अञ्जना पुनः मगर फिर्चड छिन् ।

सन् २०२३ को मिस हङकङ नेपालको टाइटल वीनर समेत रहेकी अञ्जनाले मिस नेपाल २०२४ मा टप १३ बाट डाईरेक्ट ईन्ट्री मार्दै मिस पपुलर च्वाइस अवार्ड र मिस एचडीआई डिलाइटफुल ह्याप्पी इन्टेलिजेन्स अवार्डसमेत जित्न सफल भएकी थिईन ।

https://youtu.be/VpSZjdQFI2s

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij