Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

हामी सुनको कमण्डलु बोकेर भिख मागिरहेका छौँ : पूर्वराजा ज्ञानेन्द्र (भिडिओसहित)

हामी सुनको कमण्डलु बोकेर भिख मागिरहेका छौँ : पूर्वराजा ज्ञानेन्द्र (भिडिओसहित)

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूले आफ्नो मौलिकता छोड्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।उनले बिहीबार नेपालको भौगोलिक एकीकरणकाे नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा भिडिओ सन्देश जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

नेपालीहरूले आफ्नो क्षमता चिन्न नसकेको पूर्वराजा शाहको भनाइ छ । पृथ्वीनारायणले दृव्योपदेशमा बताएका विषय लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

‘राष्ट्रनिर्माता’का मार्गदर्शनलाई आत्मसात् गर्नसके नेपाललाई कसैले केही गर्न नसक्ने उनको दाबी छ ।

‘हामी सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै आफ्नो स्रोत र सीपको दुरुपयोग गरिरहेका छौँ ।

हाम्रो देशले लिनुपर्ने समृद्धिको बाटो र हामीले अवलम्ब गर्नुपर्ने वैदेशिक दृष्टिका सम्बन्धमा राष्ट्र निर्माताबाट स्पष्ट निर्देशन भएको छ,’ ११ मिनेट ४६ सेकेन्ड लामो सन्देशमा उनले भनेका छन् ।

पूर्वराजा शाहले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन् ।

‘हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ,’ उनले भनेका छन् ।

दिव्योउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भएको पनि पूर्वराजा शाहले उल्लेख गरेका छन् ।

पछिल्लो समय नेपालीहरू विदेशीबाट सिर्जित वादविवादमा गइरहेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

शनिबार पुस २७ गते पृथ्वीनारायणको जन्मजयन्ती हो ।

हेरौँ भिडिओ :

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij