सप्तरी : सप्तरीमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।सेनाको श्री बरख गणले सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित तेरहौतामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
स्थानीयसँग सेनाको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले श्री नं.२७ बाहिनी अड्डा तथा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मसँगको सहकार्यमा तेरहौतामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको श्री बरख गणले जनाएको छ ।स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण, निःशुल्क औषधि बितरण, आँखा जाँच तथा चस्मा वितरण गरिएको थियो ।
शिविरबाट महिला १९६ जना र पुरुष ८९ जना गरी जम्मा २८५ जना लाभान्वित भएका थिए भने आँखाको समस्या पहिचान भएका १२० जना बिरामीहरुलाई निःशुल्क चश्मा बितरण गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij