राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ६५ लाख धरौटीमा छुट्दा नेकपा (माओवादी केन्द्र) खुसी भएको छ।लामिछाने बिहीबार (आज) धरौटीमा छुटेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले भनेका छन्, 'हामीले प्रष्ट भनेका थियौँ, रवि दोषी छन् वा निर्दोष ? त्यसको फैसला अदालतले गर्नेछ। तर, रविलाई जसरी दुख दिने नियत राखियो र दिइयो, त्यो बदनियतपूर्ण छ।'
उनले सम्बन्धित जिल्लाका अरु अदालतहरूले पनि यही प्रकृतिको आदेश गर्नेमा अपेक्षा रहेको बताएका छन्। 'आशा राखौँ, रूपन्देही, पर्सा, चितवन र काठमाडौंबाट पनि यही प्रकृतिको आदेश आउनेछ,' उनले भनेका छन्।तिमिल्सिनाले लामिछानेले हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताएका छन्।
लामिछानेलाई त्यहाँ धरौटी तिर्नेबित्तिकै काठमाडौंमा ल्याएर यहाँको अदालतमा पेस गर्ने बताइएको छ। लामिछानेको थाप्लोमा अझै काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, पर्साको सानो पाइला र चितवनको साहारा सहकारीको रकम अपचलनको मुद्दा छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij