काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएपछि रास्वपाले देशमा न्याय प्रणाली अझै जीवित रहेकाे प्रतिक्रिया दिएका छन् ।
पोखरामा रहेका पार्टीका प्रवक्ता मनिष झाले अदालतको आदेशले ‘यो देशमा न्याय प्रणाली अझै जीवित छ भन्ने पुष्टि गरेको’ बताए । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनले भने, ‘यो आदेशले राज्यपछि लागेपछि कसैको केही लाग्दैन भन्ने भाष्यलाई गलत हो भन्ने स्थापित गर्यो । गठबन्धनले जतिसुकै प्रतिशोध गरेपनि न्यायमाथि विश्वास थियो, जुन अझ बढेर गएको छ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij