Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा

रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू जिल्ला अदालत कास्की पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आदेश आउने तयारी भइरहेका बेला रास्वपाका शीर्ष नेताहरू अदालत पुगेका हुन् ।

रास्वपा नेताहरू डीपी अर्याल, मनिष झा, विराजभक्त महर्जन, हरि ढकाल, शिव नेपालीलगायतका कास्की अदालतमा आएका छन् । कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेले आफ्ना कुरा राखेपछि थुनुवा विश्राम कक्ष आराम गरिरहेका छन् ।

अदालतको इजलासमा करिब २ घण्टादेखि आदेश लेखन चलिरहेको छ । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij