Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नारायणी रंगशाला ओली सरकारको प्राथमिकतामा परेन : साह

नारायणी रंगशाला ओली सरकारको प्राथमिकतामा परेन : साह

काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जको विकासमा राजनीतिक दल र नेताहरूले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताहरूको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा परेको उनले बताए । साह बिहीबार वीरगन्जस्थित नारायणी रंगशालाको निरीक्षण गर्न पुगेका थिए । त्यसक्रममा उनले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जीर्ण बनेको बताए ।

‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ वीरगन्ज आउनुभएको थियो । किन उहाँको नजरमा नारायणी रंगशाला परेन ?,’ साहले प्रश्न गरे, ‘ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषि औजार कारखाना उहाँको नजर किन परेन ?’

उनले भाषण गर्ने नभएर काम गर्ने नेता देशले खोजिरहेको पनि बताए । वीरगन्जमा भाषण गरेर केपी ओली फर्किनुभयो । तर, नारायणी रंगशाला प्राथमिकतामा परेन,’ उनले थपे, ‘वीरगन्ज आएर लम्बालम्बा भाषण गर्ने ? यहाँको विकासको बारेमा केही नसोच्ने ?’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij