Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

झुवानीमा आँखा शिविर : २२३ जनाको आँखा परीक्षणल

झुवानीमा आँखा शिविर : २२३ जनाको आँखा परीक्षणल

चितवन: चितवनको रत्ननगर नगरपालिका वडा नं ५ टरौलीमा बुधबार निःशुल्क स्वास्थ्य विशिर गरिएको छ । वडा कार्यालयको सहयोगमा तपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ रत्ननगर र लायन्स क्लव अफ चितवन नेशनल पार्कको आयोजनामा शिविर गरिएको हो ।

शिविरको वडाध्यक्ष बालकृष्ण चापागाईँले उद्घाटन गरेका थिए । सो अबसरमा उनले टरौली सामुदायिक पुस्तकालयका प्रयोगशाला सेवा सञ्चालनपछि भित्रका तोकिएका व्यक्तिहरुलाई एम्बुलेन्स सेवा निशुल्क गरिएको बताए । उनले ७८ बर्ष माथिका ज्येष्ट नागरिक, सुत्केरी, रातो कार्डप्राप्त अपाङ्गता र विपन्न सुकुमवासीलाई वडाकार्यालयले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताए ।

शिविरमा १३० जना महिला र ९३ जना पुरुष गरी २२३ जनाको सेवा लिएका छन् । शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये ११ जनामा मोतियोविन्दुको समस्या देखिएको र निःशुल्क शल्यक्रियाको लागि भरतपुर आँखा अस्पतालमा रिफर गरिएको वडाध्यक्ष चापागाईँले लानकारी दिए ।

लायन्स क्लव अफ रत्ननगरका अध्यक्ष रस्किन अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुदख माधव पौडेल स्वास्थ्य शाखा प्रमुख, डिष्टिक क्याविनेट सेक्रेटरी निरज श्रेष्ठ सहित लायन्स क्लवका अगुवा दीपेन्द्र खतिवडा, कृष्णलाल श्रेष्ठ, मधुर नेपाल लगायतले मन्तव्य राखेका थिए ।

भरतपुर आँखा अस्पतालका बरिष्ट नेत्र सहायक सुवास सापकोटाको नेतृत्वका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टोलीले विरामीको आँखा जाँच गरेका थिए । लायन्स क्लव अफ चितवन नेशनल पार्कका अध्यक्ष अजय गुप्ताले स्वागत मन्तव्य राखेको कार्यक्रम सो क्लवका प्रथम उपाध्यक्ष केशब राज बरालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट