Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

काठमाडौं : राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो ।लामो समयसम्म पनि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माणसम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ कै नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरी मूलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने घोषणा गरेको थियो ।

त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्तिलगायत आवश्यक पूर्वाधार तयार गरि खेलकुदका आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्ने गरि काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट