Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जय ट्रफी : आर्मी र बागमती तथा मधेश र पुलिस भिड्दै

जय ट्रफी : आर्मी र बागमती तथा मधेश र पुलिस भिड्दै

काठमाडौं : जय ट्रफी पुरुष एलिट कपमा आज दुई खेल हुँदैछन्।जनपुरस्थित रामजानकी मैदानमा आर्मी र बागमती प्रदेशको खेल विहान ९ बजे सुरु हुनेछ।

दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन्। पहिलो खेलमा बागमती मधेश प्रदेश तथा आर्मी पुलिससँग बराबरीमा रोकिएका थिए।

विनोद भण्डारीको कप्तामा रहेको आर्मीका लागि शाहब आलम मुख्य खेलाडीका रूपमा रहनेछन्। शाहबले पुलिसविरुद्ध पहिलो इनिङमा आठ र दोस्रो इनिङमा दुई गरि १० विकेट लिएका थिए।

यता बागमतीका कप्तान सन्दीप लामिछाने आर्मीविरुद्ध घातक बन्न सक्छन्। उनले मधेशविरुद्ध दुवै इनिङमा समान पाँच गरि १० विकेट हात पारेका थिए।

यसैगरी वीरगन्जको नारायणी क्रिकेट मैदानमा पुलिस र मधेश प्रदेश आमने सामने हुनेछन्। यो खेल पनि विहान ९ बजे सुरु हुनेछ।

आरिफ शेखको कप्तानीमा रहेको पुलिसका लागि ललितनारायण राजवंशी मुख्य हतियारका रूपमा रहनेछन् । उनले आर्मीविरुद्ध पहिलो इनिङमा सात र दोस्रो इनिङमा दुई गरि ९ विकेट लिएका थिए।

यसैगरी हरिशंकर साहको कप्तानीमा रहेको मधेशका लागि मायन यादव हेर्न लायक खेलाडीका रूपमा छन्। उनले पहिलो खेलमा बागमतीविरुद्ध एक शतकसहित १२६ रन प्रहार गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट