Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्न चिकित्सकको टोली पठाइने

गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्न चिकित्सकको टोली पठाइने

कैलाली : कैलालीको गेटामा तीन सय शय्यामा अस्पताल सञ्चालन गर्न १० जना चिकित्सकहरू पठाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलका अनुसार छात्रवृत्तिका १० जना चिकित्सकहरू र २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकहरूलाई गेटा पठाइने भएको हो ।

उनले तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । साथै मन्त्री पौडेलले गेटाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को तयारी थालिएको बताए ।

तर, नेपाल सरकारको ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र खर्च हुने देखिएको मन्त्री पौडेलले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ अर्ब ६२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएका भौतिक संरचनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल ५० शय्याको अस्पताल सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij