Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वर्तमान सरकारले स्थायित्वको आशा जगाएको एमालेको निष्कर्ष

वर्तमान सरकारले स्थायित्वको आशा जगाएको एमालेको निष्कर्ष

काठमाडौं : तीन दिन चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १४ वटा समसामयिक प्रस्ताव पारित गरेको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटी बैठकले १४ वटा प्रस्ताव पारित गर्दै समापन भएको हो ।

बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर बनेको एमाले र कांग्रेस संयुक्त सरकार गठनपछि राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष समेत निकालेको छ ।

गौतमले भने–‘मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दले सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij