Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एमाले पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ : अध्यक्ष ओली

एमाले पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं : प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र यसको नेतृत्वमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भइरहेको बताएका छन् ।

गलबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि चौतर्फी हमला भएपनि पार्टी निरन्तर अघि बढ्ने बताए ।

ओलीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने–‘एमाले र यसको नेतृत्वमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्दै निरन्तर अगाडि बढी नै रहनेछौं । डाह गर्नेहरू अनेक लाञ्छना लगाएर एमालेलाई कमजोर बनाउन लागिरहेका छन् ।’

उनले आपराधिक कुरा गरेर, जनतालाई भ्रममा पार्ने षड्यन्त्र र आक्रमणका विरुद्ध पार्टीपंक्ति एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij