Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ओली र पोखरेलको प्रतिवेदन पारित गर्दै एमाले बैठक समापन

ओली र पोखरेलको प्रतिवेदन पारित गर्दै एमाले बैठक समापन

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारदेखि सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको हो ।

बैठकले माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने निर्णय गरेको छ । बैठक समापन गर्दै अध्यक्ष ओलीले नेताहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिएका छन् । त्यसक्रममा ओलीले दाने जग्गामा पार्टी कार्यालय भवन बनाउने र नेताहरूमाथि भएको कारबाही फिर्ता नहुने बताएका छन् । ‘पार्टी हितविपरित बोल्ने र काम कारबाही गर्नेको कारबाही फिर्ता हुँदैन । यस्तो अवस्था पार्टीमा रहँदा अराजकता बढ्छ’, अध्यक्ष ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij