काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारसँग सभाको लागि बिजनेस मागेका छन् ।राष्ट्रिय सभाका समितिहरुको प्रभावकारिता र हिउँदे अधिवेशनको विषयमा अध्यक्ष दाहालले संसदीय विषयगत समितिका सभापति र सचिवहरुसँग छलफल गरेका छन् ।त्यसक्रममा उनले संसदको मुख्य काम कानुन निर्माण र संसदीय निगरानी भएको बताए । तर, सरकारले प्रयाप्त विजनेस नदिएको उनको गुनासो छ । सरकारलाई बिजनेस दिन बारम्बार आग्रह गरिरहेको पनि उनले बताए ।
‘हाम्रो मुख्य काम कानुन निर्माण नै हो । मैले मेरो तहबाट सरकारलाई विजनेस दिन भनिरहेको छु । प्रधानमन्त्रीज्यू, कानुनमन्त्रीज्यू हामीलाई बिजनेस दिनुस्, जतिसक्यो धेरै विधेयकहरु ल्याइदिनुस् भनेकै छु’, अध्यक्ष दाहालले थपे, ‘सरकार संसदलाई विजनेस दिन गम्भीर बनोस् भन्ने हामी सबैको चाहना हो ।’
छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संसदीय समितिको काम कारबाही प्रभावकारी बनाउन सबैले आपसी छलफल, समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताइन् । समितिले दिने निर्देशनहरु किन कार्यान्वयन भइरहेका छैनन् भन्ने विषय खोज्नुपर्ने उनको आग्रह छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij