Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

थाेक अैाषधि व्यवसायीहरुकाे साधारणसभा सम्पन्न

थाेक अैाषधि व्यवसायीहरुकाे साधारणसभा सम्पन्न

चितवन : चितवनका थाेक अैाषधि व्यवसायीहरुकाे सँस्था `Medical Stockslist club of Narayangart´काे १९ अैाँ वार्षिक साधारणसभा सम्पन भएकाे छ ।क्लवका अध्यक्ष विज्ञान पाैडेलकाेअध्यक्षतामा शनिवार सम्पन्न सभाकाे विशिष्ट अतिथिका रुपमा नेपल अैाषधि व्यवसायी सँघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद पण्डितकाे उपस्थित रहेकाे थियाे भने व्यवसायी सँघका प्रदेशका थाेक व्यवसायी सँघका सदस्य कपिल सुवेदी ,व्यवसायी सँघ चितवनका अध्यक्ष बिनाेदप्रसाद तिमिल्सिना लगाएतका नेतृत्वको उपस्थिति थियाे ।

महासचिव नारायण पाैडेलले सँस्थाकाे प्रगति प्रतिवेदन प्रस्तुत सभामा काेषाध्यक्ष निर्मला थापामगर द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन उपर छलफल गरि पारित गरेकाे अध्यक्ष पाैडेलले बताउनुभयाे ।

२०६२ सालमा स्थापना भएकाे सँघकाे प्रमुख उद्देश्य आम जनसमुदाय तथा सराेकारवालाहरुलाई सहज रुपमा अैाषधि उपलव्ध गराउन अैाषधि उत्पादक कम्पनी र अैषधिका खुद्रा व्यवसायीकाे बीचमा रहेर पुलकाे काम गर्दै सहजता उपलब्ध गराउनु रहेकाे प्रमुख अतिथि पण्डितले बताउनुभयो । ` खुद्रा व्यवसायी, सप्लायर्स तथा अस्पताल लगायतका सँस्थाहरुमा अैाषधिकाे आपूर्तिमा सजकता पुर्याउनु त छदैछ हामी आफैँ थाेक व्यवसायीहरुका पनि समस्या हुनसक्छन् , उत्पादक कम्पनी देखि नियामक निकायसँग समन्वय गर्नुपर्ने हुनसक्छ त्यस्ताे अवस्थामा याे क्लवकाे महत्त्वपूर्ण भूमिका रहन्छ भन्नुहुन्छ विज्ञान पाैडेल । भूकम्प ,वाढीपहिराे तथा काेरानाकालमा सँस्थाले खेलेकाे भूमिका महत्त्वपूर्ण रहेकाे पाैडेलले बताउनुभयो ।

साैराहामा सम्पन सभामा पुर्वअध्यक्षहरु मेघनाथ पौडेल ,आनन्द चालिसे सल्लाहकार रामहरी लम्साल ,कल्याण जोशीले सँस्थाले खेलेकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij