Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एमाले बैठकमा ५२ जनाले बोल्न बाँकी

एमाले बैठकमा ५२ जनाले बोल्न बाँकी

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । सोमबारको ब्रेक टाइमअघि (दिउँसो ३ बजे )सम्म ६२ जनाले आफ्नो धारणा राखेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनका अनुसार अव बोल्न बाँकी ५२ जना रहेका छन् । केन्द्रीय सदस्यले बोलिसकेपछि पोलिटब्युरो, स्थायी कमिटी र आयोग प्रमुखहरूले धारणा राख्ने कार्यसूची छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर आफ्नो धारणा राखिरहेका छन् । पहिलो दिनको बैठकले अघिल्लो केन्द्रीय कमिटी बैठकपछि सचिवालय र स्थायी कमिटी बैठकले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij