Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बनेपास्थित बेलर एकेडेमीमा राष्ट्रियस्तरको फुटसल मैदान सञ्चालनमा

बनेपास्थित बेलर एकेडेमीमा राष्ट्रियस्तरको फुटसल मैदान सञ्चालनमा

काभ्रे: बनेपामा रहेको बेलर इन्टरनेशनले एकेडेमीमा निर्माण भएको राष्ट्रिय स्तरको फुटसल मैदान औपचारिक रुपमा सञ्चालनमा आएको छ।

नवनिर्मित फुटसल मैदानमा काभ्रेका सञ्चारकर्मी र बेलर स्कुलका शिक्षक, कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेर शुभारम्भ गरिएको हो ।

करिब ४ रोपनी क्षेत्रफलमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने मापदण्ड पुरा गरेको फुटसल मैदान तयार गरिएको बेलर इन्टरनेशनल एकेडेमीकी प्रिन्सिपल इन्दु थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार फुटसलका अतिरिक्त क्याफ्टेरिया, ब्याड्‌मिन्टन कोर्ट र जिमसहितका पूर्वाधार पनि सँगै तयार भइरहेको छ ।

२ तलाको फुटसलमा दर्शकहरू माथिल्लो तलामा बसेर खेल हेर्ने र क्याफेको सुविधा लिन सक्नेछन् ।

१०५ फिट लम्बाइ र ६५ फिट चौडाइको खेलमैदानमा ५ ए साइड खेल खेलाइने इन्चार्ज मनोज बस्नेतले जानकारी दिनुभयो ।

फुटसल शुभारम्भ कार्यक्रममा बेलर इन्टरनेशनले एकेडेमीले नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको नवनिर्वाचित कार्यसमिति, केन्द्रीय र प्रदेश प्रतिनिधिसमेतलाई सम्मान गरेको थियो।

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका सल्लाहकार समेत रहनुभएका बेलर इन्टरनेशन एकेडेमीका सञ्चालक समितिका अध्यक्ष भोला थापा र प्रिन्सिपल इन्दु थापा लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाइ दिँदै सम्मानसमेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका सल्लाहकार ईश्वरी ओझा, महेशराज पौडेल, मोतिराम तिमल्सिना, बद्रीराज तिमल्सिना, अग्रज पत्रकार मधुसुदन गुरागाईं, भगवती तिमल्सिना लगायत जिल्लाका क्रियाशील सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट