काठमाडौं : एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज विभागीय टोली एपिएफ क्लबले वालिङ नगरपालिकाको सामना गर्दैछ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमादिउँसो ३ बजे सुरु हुनेछ। स्टार खेलाडीले भरिएको साविक विजेता एपिएफ लगातार दोस्रो जितको लक्ष्यमा छ। पहिलो खेलमा एपिएफले बागमती प्रदेशलाई ५–१ ले पराजित गरेको थियो। वालिङ आफ्नो पहिलो खेलमा नेपाल पुलिसविरुद्ध ५–० को फराकिलो हार बेहोरेको थियो।
पुछारबाट दोस्रो स्थानमा रहेको वालिङ एपिएफविरुद्ध सकेसम्म कम गोल खाने लक्ष्यका साथ मैदान उत्रनेछ। पाँच टोलीको सहभागिता रहेको दोस्रो चरणमा चार टोलीले प्लेअफमा स्थान बनाउने छ।
यी पाँच टोलीमध्ये पुछारमा रहेका बागमती र वालिङलाई कमजोर मानिएको छ। बागमती र वालिङमध्ये एकले प्लेअफमा स्थान बनाउने पक्का छ। त्यसैले विभागीय टोलीविरुद्ध यी टोलीले कम गोल खान आवश्यक छ।
उपाधि लक्ष्यमा रहेको एपिएफ भने शीर्ष स्थानको निर्विकल्प दाबेदार बन्न चाहन्छ। हिजो भएको विभागीय डर्बीमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij