काठमाडौं : रियल मड्रिड स्पेनिस लालिगा फुटबलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
गएराति भ्यालेन्सियालाई पराजित गर्दै रियल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो।
भ्यालेन्सियालाई रियलले उसकै घरमा २-१ गोलले पराजित गरेको थियो।
रियलको जितमा लुका मोड्रिक र ज्युड बेलिंघमले गोल गरे । भ्यालेन्सियाको तर्फबाट ह्युगो ड्युरोले गोल गरे ।
जितसँगै एक खेल कम खेलेको एथ्लेटिको मड्रिडलाई रियलले उछिनेको छ।
रियलले १९ खेलबाट ४३ अंक जोड्दा दोस्रो स्थानको एथ्लेटिकोको ४१ अंक छ। तेस्रो स्थानको बार्सिलोनाले १९ खेलबाट ३८ अंक जोडेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij