बुटवल : बुटवलमा जारी मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत आज तीन खेल हुदैछन् ।मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसीपमा पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एसोसिएसन बिच हुनेछ । दोस्रो खेल रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र रुपन्देहीको मणीमुकुन्द भलिबल क्लबबिच हुनेछ ।
यसै गरी बिहीबारको अन्तिम खेल सशस्त्र प्रहरी बल र गलकोट भलिबल क्लबबिच हुनेछ । आज बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने भलिबल विभाग प्रमुख चन्द्र वन्दना राईले बताउनुभयो ।
बुटवलको रामनगर खेलमैदानमा पहिलो सेट २५, २२, दोस्रो सेट २५, २०, तेस्रो सेट ३२, ३४ हुँदै चौथो सेट २५, १८ ले आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई पछाडि पार्दै नेपाल प्रहरीले जीत निकालेको हो ।
विभागीय टिम नेपाल प्रहरी र आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीबीच बुधवार निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । यद्यपि वेस्ट फाइभमा भएको प्रतियोगितामा आयोजकले जीत निकाल्न सकेन ।मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औँ स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्ड कप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो ।
च्याम्पियनसिपमा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ । प्रतियोगितामा एक भारतिय सहित ८ टिम सहभागी छन् । ती ८ टिममा मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij