Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु

नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु

काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिश विक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको हो । बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र मेरुदण्डका समस्याको गुणस्तरीय उपचार सेवाका लागि अस्पतालले पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु गरेको हो ।

‘जन्मेदेखि १८ वर्ष तथा बालबालिका हुँदाखेरि सुरु भएका समस्याको उपचारका लागि यो सुरु गरिएको हो,’ कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जन डा. देवले भने, ‘शिशु गर्भावस्थामा हुँदादेखिको परामर्शदेखि लिएर जन्मजात हुने समस्या, विकलांगता तथा बालबालिकाको विकासमा हुने समस्या, हातखुट्टा तथा मेरुदण्डमा हुने समस्याहरुका बारेमा परामर्श तथा उपचार दिइन्छ ।’

अर्का कन्सल्ट्यान्ट पिडियाट्रिक सर्जन डा. ओडले नेपालमै पहिलो पटक नर्भिकमा पिडियाट्रिक अर्थोपेडिक सेवा विभाग स्थापना गरेर उपचार सुरु गरिएको बताए । बालबालिकामा हड्डी भाँचिने, जोर्नी खुस्किने, लिगामेन्टको चोटको समस्या, जोर्नी तथा हड्डीमा हुने संक्रमणजस्ता समस्या आउन सक्ने भएकाले तिनीहरुको निवारण तथा भविष्यमा आउन सक्ने समस्यासम्मको उपचार पिडियाट्रिक अर्थोपेडिक विभागमार्फत् गरिने डा ओडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट