Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

नगर प्रमुखकाे आग्रहमा बिदेशी नागरिकबाट बिद्यालयलाई सहयाेग

नगर प्रमुखकाे आग्रहमा बिदेशी नागरिकबाट बिद्यालयलाई सहयाेग

कालिका : कालिका नगरपालिकाका नगर प्रमुखकाे आग्रहका नेदरल्याडकी सान्द्राहलेन्डर, जुलीबाट कालिका नगरपालिका वडा नं. ११ सैपाममा रहेकाे श्री शुभ शान्ति राष्ट्रिय आधारभूत बिद्यालयका ८० जना बिद्यार्थीहरूका लागि बिहानकाे खाना एक वर्ष सम्मकाे लागि पुग्ने (आज एक महिना पुग्ने) खाघान्न खाना खुवाउने गरी खाघान्न सामाग्री, खानेपानी व्यवस्थापनका लागि तत्काल रू ३० हजार र भाडाकुडा खरिदका लागि रू ४० हजार साथै खेलकुदका सामाग्री बिद्यालयका प्राधानाध्यापक झलक भट्ट, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर चेपाङलाई एक कार्यक्रमका बिच नगर प्रमुख बिनाेद रेग्मी र उपप्रमुख बिमला तामाङले हस्तान्तरण गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख रेग्मीले याे सामाग्रीले बिद्यार्थीहरूकाे शैक्षिक स्तरमा टेवा पुग्ने बताए ।

यहाँका विद्यार्थीहरूलाई यश भन्दा अगाडि नगर उपप्रमुख कार्यक्रम अन्तर्गत झाेला, कपी, कलम लगाएतका शैक्षिक सामग्रीहरू बितरण गरेकाे बताए ।

कार्यक्रममा समाजसेवी तथा पर्यटन व्यवसायी रामकुमार अर्यालले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट