Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

धनगढीको शिवनगरमा ‘स्नुकर एण्ड पुल पार्क’ सञ्चालनमा, वडाध्यक्ष मुडभरीले गरे उद्घाटन

धनगढीको शिवनगरमा ‘स्नुकर एण्ड पुल पार्क’ सञ्चालनमा, वडाध्यक्ष मुडभरीले गरे उद्घाटन

धनगढी : धनगढीमा ‘स्नुकर एण्ड पुल पार्क’ सञ्चालनमा आएको छ । धनगढी उपहानगरपालिका-१ शिवनगरमा आडीएसएस स्नुकर एण्ड पुल पार्क सञ्चालनमा आएको हो ।

सो पार्कको बुधबार वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले रिवन काटेर उद्घाटन गरेका हुन् । पार्कका सञ्चालक ललित चन्दले स्नुकर खेलाडी उत्पादन गर्ने उद्धेश्यले आफूहरुले हाल पुल सञ्चालनमा ल्याएको बताए ।

स्नुकर राष्ट्रिय खेल भएको बताउँदै उनले यस प्रदेशबाट पनि खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले अहिले साधारण स्नुकर पुल मात्रै सञ्चालनमा ल्याएको बताउँदै केही समयमा स्नुकर पनि सञ्चालनमा ल्याउने जानकारी दिए ।साथै उनले युवाहरुलाई खेलकुदतिर आकर्षण गर्ने र बालबालिका तथा अभिभावकलाई रमाइलोका लागि पनि यो खेलले सहयोग पुग्ने बताए ।

सञ्चालक चन्दका अनुसार अहिले एउटा खेलको ५० रुपैयाँ निर्धारण गरिएको छ । साथै उनले स्केटिङ पनि सञ्चालमा आएको बताए । स्केटिङको मूल्य प्रति घण्टा दुई सय तोकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट