Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गृहमन्त्री गुरुङ आगामी साता भारत जाँदै

गृहमन्त्री गुरुङ आगामी साता भारत जाँदै

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ आगामी साता भारत जाने भएका छन् । गृहमन्त्री गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत जान लागेका हुन्।

गृह मन्त्रालय स्रोतका अनुसार गुरुङ असोज २६ ९अक्टोबर १२० मा भारत प्रस्थान गर्ने तयारीमा छन् । बैठकमा बिमस्टेक सदस्य राष्ट्रका सातै देशका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङको यो पहिलो विदेश भ्रमण भएकाले भ्रमणलाई बिमस्टेक सदस्य राष्ट्रसँगको सुरक्षा तथा सहकार्यका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij