Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

महिला बिरामीको संवेदनशील अंग छोएको आरोपमा पोलिक्लिनिक सञ्चालक पक्राउ

महिला बिरामीको संवेदनशील अंग छोएको आरोपमा पोलिक्लिनिक सञ्चालक पक्राउ

बाँके  : कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि पुगेकी एक महिलाको संवेदनशील अंग छोएको आरोपमा पोलिक्लिनिक सञ्चालक गणेशबहादुर थापा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारीका अनुसार उपचारका क्रममा महिलाको संवेदनशील अंग छोएको/चलाएको दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले कोहलपुर नगरपालिका–११ निवासी ६३ वर्षीय थापालाई पक्राउ गरेको हो। सूचना अधिकारीका अनुसार पक्राउ परेका थापा सीएमए प्रमाणपत्र प्राप्त स्वास्थ्यकर्मी तथा थापा पोलिक्लिनिकका सञ्चालक हुन्।

थापालाई बाँके जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नेपाल हेल्थ प्रोफेसनल काउन्सिलको आचारसंहितामा महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा संरक्षक (च्यापरोन) को उपस्थितिमा परीक्षण गर्नुपर्ने व्यवस्था छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारीले जानकारी दिएका छन्।

   

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij