Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रुपन्देहीमा बालिका अपहरण गरेकाे आरोपमा युवक पक्राउ

रुपन्देहीमा बालिका अपहरण गरेकाे आरोपमा युवक पक्राउ

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारु रहेका छन् । उनलाई आइतबार राति तिलोत्तमाकै कान्छी बजारस्थित जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार बालिकाको सकुशल उद्धारपछि अपहरणमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा थारुलाई नियन्त्रणमा लिइएको हो ।प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाइएको थियो । गोली लागेर उनको खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थारुले बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेका थिए । बालिका हराएको सूचना पाए लगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास तथा स्थानीय जङ्गल क्षेत्रमा खोजी सुरु गरेको थियो ।खोजीका क्रममा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्ने आधार फेला पारेको थियो । त्यसपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । प्रहरीले शुक्रबार साँझ करिब ७ बजे कान्छी बजारस्थित जङ्गलबाट बालिकाको सकुशल उद्धार गरेको थियो । अपहरण भएको करिब ३८ घण्टापछि बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।बालिकाको उद्धार भए पनि घटनामा संलग्न थारु फरार थिए । उनको खोजी गर्ने क्रममा आइतबार राति प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij