यस वर्षको विपद्का घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता र व्यावसायिकताको लागी सेनापतिले धन्यवाद दिएका छन् । साथै, प्रधान सेनापति सिग्देलले आगामी दिनमा समेत प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएका छन् । दुई दिनसम्म चलेको उक्त समन्वयात्मक बैठकमा सेनाद्वारा सम्पादन भएका कार्यहरूको गहिरो समीक्षा गरिएको थियो । यसका साथै देशको वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य लगायतका समसामयिक विषयहरूमा पृतनापतिहरूबिच छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij