Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

टेकु अस्पतालको इमर्जेन्सी कक्षमै स्वास्थ्यकर्मीमाथि हातपात, तीन जना पक्राउ

टेकु अस्पतालको इमर्जेन्सी कक्षमै स्वास्थ्यकर्मीमाथि हातपात, तीन जना पक्राउ

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमै ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज १४ गते राति करिब १ बजे उनीहरू अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए। त्यहाँ ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज गर्नुका साथै धाकधम्की दिएको र हातपातसमेत गरेको आरोप छ।
घटनाको सूचना पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोली अस्पताल पुगेको थियो। चेकजाँचका क्रममा पक्राउ परेका तीनै जनाको घटनामा संलग्नता देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।प्रहरीका अनुसार उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि नै अस्पताल परिसरमा हातपात भएको घटनापछि प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij