Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रुपन्देही–२ मा कांग्रेस क्षेत्रीय अधिवेशन: गिरी र कोइरालाबिच प्रतिस्पर्धा

रुपन्देही–२ मा कांग्रेस क्षेत्रीय अधिवेशन: गिरी र कोइरालाबिच प्रतिस्पर्धा

बुटवल: नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा क्षेत्रीय नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान भइरहेको छ। क्षेत्रीय सभापति पदका लागि वर्तमान सभापति प्रजापाल गिरी र युवा नेता प्रसन्न कोइरालाले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्।

अधिवेशनमा सभापतिसहित अन्य पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। क्षेत्र नम्बर २ मा ३६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेकोमा ९६ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत डा. ओमप्रकाश आचार्यले जानकारी दिएका छन्।क्षेत्रभर कुल ८ सय ५६ जना मतदाता रहेका छन्। मतदान कार्य आज साँझ ४ बजेसम्म सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij