Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

धनुषामा क्रसर उद्योगमा टिपर पल्टियाे, एक जनाको मृत्यु

धनुषामा क्रसर उद्योगमा टिपर पल्टियाे, एक जनाको मृत्यु

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका–३, लालभित्ती स्थित औरही खोला किनारमा  सञ्चालित टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही बाबा बालुवा प्रशोधन उद्योगमा  ग्राभेल लोड गरिएको टिपर बुधवार साँझ क्रसर उद्योगभित्रै पल्टिँदा त्यसमा रहेको ग्राभेलले पुरिएर क्रसर सञ्चालक ३८ वर्षीय हरि महतोको उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीका अनुसार प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको क्रसरभित्र ग्राभेल भर्ने क्रममा टिपर पल्टिएको थियो । टिपर पल्टिदा त्यसभित्र रहेको बालुवा, गिट्टीले महतो पुरिएर गम्भीर घाइते भएका थिए । पुरिए लगत्तै उद्धार गरी जानकी मेडिकल कलेजमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको हो ।
सोही घटनामा परि टिपरका चालक गणेशमान चारनाथ–६ का ३० वर्षीय हरि विकको खुट्टामा चोट लागेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij