सिन्धुली र धादिङमा अरिङ्गालको टोकाइबाट दुई जनाको मृत्यु भएको छ। सिन्धुलीको गोलन्जोर–७ की ७३ वर्षीया बिमला परियारलाई बुधबार साँझ घर फर्कने क्रममा अरिङ्गालले टोकेको थियो। उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै, धादिङको धुनिबेँसी–९ मा अरिङ्गाल पोल्ने क्रममा ३७ वर्षीय कमानसिंह घर्तीमगरको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij