Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

आईओसीबाट पेट्रोल २० रुपैयाँ बढेर आयो, नेपालमा मूल्य नबढ्ने

आईओसीबाट पेट्रोल २० रुपैयाँ बढेर आयो, नेपालमा मूल्य नबढ्ने

काठमाडौँ :  इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा बढेर आए पनि नेपाल आयल निगमले मूल्य नबढाउने निर्णय गरेको छ। मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने भएको छ।

निगमका अनुसार आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलसँगै डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्यसमेत बढेर आएको छ। पेट्राेल, २०.४४, डिजेलमा प्रतिलिटर २० रुपैयाँ २१ पैसा, मट्टीतेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा बढेर आएको हो। ग्यासमा ८१.३२ रुपैयाँले बढेर आएकाे हाे।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ।

तर, हालैको बाढीपहिरोले पारेको असर, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन नगरी साबिककै मूल्य कायम राख्ने निर्णय गरेको हो।

निगमको निर्णयसँगै बजारमा पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ।

चाडपर्वको समय र बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्थालाई समेत ध्यानमा राखेर मूल्य यथावत राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij