Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

युवालाई रोजगारसँग जोड्न इटहरीमा सुरु भयो ‘सीप तथा रोजगार मेला’

युवालाई रोजगारसँग जोड्न इटहरीमा सुरु भयो ‘सीप तथा रोजगार मेला’

इटहरी : युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने लक्ष्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ ।युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला आगामी असोज २० गतेसम्म सञ्चालन हुनेछ ।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना हुने उद्घाटन सत्रमा थारू नृत्य तथा नौमती बाजाको सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी उनीहरूलाई रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ ।मन्त्रालयका अनुसार मेलाको पहिलो दिन आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म विभिन्न गतिविधि सञ्चालन हुनेछन् । जसमा तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङका साथै रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना–परामर्श सेवा सञ्चालन गरिनेछ ।

त्यसैगरी, भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुनेछन् । यसले युवालाई बजारको मागअनुसारको सीप सिक्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफल निरन्तर सञ्चालन हुनेछन् ।मेलाले बेरोजगारी समस्या न्यूनीकरण गर्न र युवालाई स्वदेशमै अवसर खोज्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij