काठमाडौंः अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म सेना पूर्ण रूपमा फिर्ता बोलाउने भएको छ। दुई दशकभन्दा लामो समय चलेको इराकमा युद्धमा ४,५०० भन्दा बढी अमेरिकी सैनिकले ज्यान गुमाएका थिए। यस्तो अवस्थामा इराकबाट अमेरिकी सेनाको बहिर्गमनलाई छिमेकी इरान र उसका सहयोगी समूहहरूले विजयका रूपमा अथ्र्याएका छन्।
सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा भएको सम्झौता अनुसार डोनाल्ड ट्रम्प प्रशासनले इराकबाट सैनिक फिर्ता बोलाएको हो। इरानसँग युद्ध चलिरहेकै अवस्थामा इराकबाट सेना फिर्ता बोलाउने ट्रम्प प्रशासनको निर्णयप्रति धेरैले आश्चर्य प्रकट गरेका छन्। सुरक्षा विश्लेषकहरूले अमेरिकाको कदमबाट इरान र उसका सहयोगीहरूलाई इराकमा पकड जमाउने बाटो खोल्नुका साथै ‘इस्लामिक स्टेट’ जस्ता समूहहरूलाई पुनर्जीवित हुने अवसर दिनसक्ने चेतावनी दिएका छन्।
इराकी सुरक्षा विश्लेषक जसिम अल–बहाद्लीका अनुसार वर्षौँदेखि इरानको प्रभावलाई सन्तुलनमा राख्दै आएको अमेरिकी सैन्य उपस्थिति हट्दा यसबाट इरानले रणनीतिक लाभ उठाउनेछ। इरान समर्थक शिया लडाकु समूहहरूले यसलाई आफ्नो विजयका रूपमा प्रस्तुत गर्दै सुरक्षा र राजनीतिक निर्णय प्रक्रियामा आफ्नो प्रभाव बढाउन प्रयोग गर्ने उनको धारणा छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij