काठमाडौँ: नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी,मधेस,बागमती र राजधानी प्रदेश र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेका छन् ।मंगलबार दिउँसो एमाले पार्टी कार्यालयबाट प्रदेशका नेताहरूलाई अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा उनले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन कार्यान्वयनमा जोड दिएका छन् । ‘हाम्रो भर्खर सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेले गर्ने तत्कालीन प्रमुख कार्यभार तोकेको छ । त्यो कार्यभार पुरा गर्न गर्नुपर्ने १५ वटा काम गर्नुपर्छ त्यसका लागि तपाईंहरु सबै तयार रहनुहोला’, ओलीले प्रदेशका नेताहरूलाई भनेका छन्, ‘सोही अनुसार पार्टीलाई एकढिक्का बनाउँदै स्थानीय निर्वाचनमा अव्वल नतिजा निकाल्न पार्टी पंक्ति परिचालित गर्नुहोला ।’
साथै अध्यक्ष ओलीले संविधान र लोकतन्त्र घाइते अवस्थामा रहेको भन्दै संविधान र लोकतन्त्र बचाउने सवालमा एमाले जस्तोसुकै सङ्घर्ष गर्नु परेपनि गर्न तयार रहेको बताएका छन्। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अध्यक्ष ओलीले बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई सम्बोधन गर्ने तयारी गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij