काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन् ।राणालाई आइतबार मध्यराति खड्काकै नेतृत्वमा गएको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको थियो । राणालाई आइतबार अपराह्नसम्म काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको थियो ।उनलाई नियन्त्रणमा लिएको घटनाबारे बुझ्न आयोगको टोली कार्यालय पुग्दा प्रहरीले राणासँग भेट गर्न दिएको थिएन ।आयोगले पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको घटना तथा अनुगमनका क्रममा भएको अवरोधबारे अनुसन्धान भइरहेको जनाएको थियो ।आयोगले यसअघि नै विज्ञप्ति जारी गर्दै आफ्नै अनुगमन टोलीलाई राणासँग भेट गर्न नदिएको घटनाप्रति आपत्ति जनाइसकेको थियो।त्यसपछि आयोगले समक्ष खड्कालाई बयान का लागि बोलाएको थियो ।आयोग स्रोतका अनुसार बयानका क्रममा खड्काले आफूले ‘आदेशअनुसार काम गरेको’ बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij