Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

विश्व मुटु दिवसमा पुष्पाञ्जली हस्पिटलको सचेतना र्याली, मुटु जोगाउन स्वस्थ जीवनशैलीमा जोड

विश्व मुटु दिवसमा पुष्पाञ्जली हस्पिटलको सचेतना र्याली, मुटु जोगाउन स्वस्थ जीवनशैलीमा जोड


चितवन : विश्व मुटु दिवसको अवसरमा पुष्पाञ्जली हस्पिटल प्रालिले प्रभातफेरि तथा सचेतना र्याली आयोजना गरी मनाएको छ। “Beat Heart Disease with Every Heartbeat” अर्थात् “हरेक धड्कनसँगै मुटुरोगलाई परास्त गरौँ” भन्ने सन्देशसहित मनाइने विश्व मुटु दिवसले मुटु स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्य राख्छ।
हस्पिटल परिसरबाट सुरु भएको सचेतना र्याली एयरपोर्ट चोक हुँदै पुनः हस्पिटलमै पुगेर कार्यक्रममा परिणत भएको थियो। र्यालीमा चिकित्सक, स्वास्थ्यकर्मी तथा हस्पिटलका कर्मचारीहरूको सहभागिता रहेको थियो।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनुपम विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हस्पिटलका एसोसिएट प्रोफेसर तथा वरिष्ठ फिजिसियन डा. भोराज अधिकारी विशिष्ट अतिथिका रूपमा रहेका थिए।                        

कार्यक्रममा डा विष्टले मुटुरोगबाट बच्न रोग लागेपछि उपचार गर्नुभन्दा जोखिमका कारण पहिचान गरी सुरुदेखि नै सावधानी अपनाउनुपर्नेमा जोड दिए। उनले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, शारीरिक व्यायाम र स्वस्थ जीवनशैलीलाई मुटु सुरक्षाको आधारका रूपमा लिनुपर्ने बताए।डा. विष्टका अनुसार उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, धूम्रपान, मोटोपन, शारीरिक निष्क्रियता तथा अस्वस्थ खानपान मुटुरोगका प्रमुख जोखिम हुन्।  यस्ता जोखिमलाई समयमै नियन्त्रण गर्न सके मुटुरोगको सम्भावना घटाउन सकिने उनको भनाइ थियो।       

कार्यक्रममा डा. अधिकारीले मुटु स्वस्थ राख्न नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, शारीरिक सक्रियता र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।उनका अनुसार उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, धूम्रपान, मोटोपन, अस्वस्थ खानपान र शारीरिक निष्क्रियता मुटुरोगका प्रमुख जोखिममध्ये पर्छन्। यस्ता जोखिमलाई समयमै नियन्त्रण गर्न सके मुटुसम्बन्धी धेरै समस्या रोकथाम गर्न सकिने उनको भनाइ थियो।
यस्तै, डा. सुनिलकुमार पण्डितले मुटुरोगका लक्षण, जोखिम पहिचान तथा प्राथमिक उपचारका विषयमा सहभागीलाई तालिम दिएका थिए।
qहस्पिटलका सामाजिक इकाई प्रमुख केदार सुवेदीले सञ्चालन गरेको कार्यक्रममा मुटु स्वास्थ्यसम्बन्धी सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको थियो। कार्यक्रममा नियमित व्यायाम गर्ने, नुन–चिल्लोको मात्रा कम गर्ने, धूम्रपानबाट टाढा रहने र समय–समयमा रक्तचाप, सुगर तथा कोलेस्ट्रोल जाँच गर्न चिकित्सकहरूले सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij