Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास स्थगित

नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास स्थगित

चितवन : नारायणी नदीको पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास सोमबारका लागि स्थगित गरिएको छ।

तीनवटा मेसिनको सहयोगमा क्रुज तान्ने प्रयास गरिए पनि निकाल्न नसकिएपछि काम रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। थप मेसिन मगाएर मंगलबार पुनः क्रुज निकाल्ने प्रयास गरिने प्रशासनको भनाइ छ।

क्रुजलाई पुलबाट करिब चार मिटर टाढा सार्न सफल भएकाले पुलमाथिको दबाब भने हटेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। मंगलबार थप मेसिनको प्रयोग गरी क्रुजको स्थायी व्यवस्थापन गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij