भक्तपुर : ४७औँ विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटक टोलीलाई भक्तपुर नगरपालिकाले स्वागत गर्दै भक्तपुर दरबार क्षेत्रमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ।
पर्यटन दिवसका अवसरमा भक्तपुर भ्रमणमा आएका चीनका १८ र ताइवानका एक गरी १९ जना विदेशी पर्यटकलाई नगरपालिकाले स्वागत गरेको हो। नगरप्रमुख सुनिल प्रजापतिले पर्यटकलाई खादा ओढाएर भक्तपुरको मौलिक संस्कृति झल्काउने उपहार प्रदान गरेका थिए।
पर्यटकलाई भादगाउँले टोपी, काष्ठकलाको नमुना मयुरको झ्याल र परम्परागत थैली उपहारस्वरूप प्रदान गरिएको थियो। स्वागतबाट खुसी भएका पर्यटकले भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीको आतिथ्यताप्रति आभार व्यक्त गरेका छन्।
भक्तपुर नगरपालिकाले हरेक वर्ष विश्व पर्यटन दिवसका अवसरमा दरबार क्षेत्रमा प्रवेश गर्ने पहिलो विदेशी पर्यटक टोलीलाई स्थानीय संस्कृति र मौलिक उपहारसहित स्वागत गर्दै आएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij